तैपनि आजका पुस्ताले मूल संस्कृत भाषामा लेखिएका पुस्तकहरु भाषिक कारणले पढ्न सक्षम नहुँदैमा निराश भैहाल्नु पर्ने अवस्था भने छैन अनेकौं भाषामा यस्ता धर्मग्रन्थहरु प्रकाशित छन् । पुस्तकहरु प्रति नयाँ पुस्ताको सामान्य अभिरुचि जोगाउन सकिएमा हाम्रो प्राचीन ऋषि–मूनि, विद्वान र बुद्धिमान् व्यक्तित्वहरुको विचार, तत्वदर्शिता र बुद्धिमत्तालाई ग्रहण गरी अवश्य नै आफ्नो व्यक्तित्वमा अझै निखार ल्याउन सकिन्छ होला । आजका पुस्ताहरुमा धर्म, शब्दप्रति लगाव रहेने गरेको पार्इैदैन र यस्तो हुनको कारणपनि धर्म प्रति आफ्नै चिन्तनको अभाव भएकाले पनि हुनसक्छ । पश्चिमेलीहरुको ’रिलिजन यहाँ हामीले भन्ने गरेको धर्म एउटै हो भन्ने भान परेको हुन सक्छ । यथार्थमा अन्य कुनै पनि भाषामा धर्म शब्दले जस्र्तै अर्थै दिने शब्द नै छैन भनिन्छ । पश्चिमेलीहरुले भन्ने धर्मको अर्थै विशेष किसिमको पुजापाठ, विश्वास वा रहन सहन भन्ने बुझिन्छ भने हिन्दूहरुका निमित्त धर्मको अर्थ कर्तव्यपालन, सदाचार , अनुशासन, सामाजिक उत्तरदायित्वको परिपालन, नैतिक चरित्र, कानून सम्मत व्यवहार ईश्वर प्रति मुक्ती प्राप्ति भन्ने जस्ता अनेक तात्विक, दार्शनिक महत्वपूर्ण र उपयोगी अर्थलाई लिइन्छ । त्यसैले ‘धर्म’ शब्द अंग्रेजीको ‘रिलिजन’ वा इस्लामको ‘मजहब’ मात्र हो भनी बुझ्नु अपूर्ण हुन्छ । यसकारण हाम्रा धर्मग्रन्थहरु अध्ययन गर्दा पूर्ण समष्टि र समग्र अर्थलाई संगालेर बुझ्नुपर्दछ ।
हाम्रा प्राचीन धर्मग्रन्थहरुको अध्ययन, मनन र चिन्तनको कमीबाट हामीलाई आफ्नो अस्तित्वको जगेर्ना गर्नसमेत मुस्किल परेको छ र आज हामी नेपालीहरु आफ्नै मुलुकमा विदेशी जस्ता भएका छौं । आफ्नो संस्कार, मूल्य, मान्यता, विद्धतालाई अंगाल्नु मूर्खता हो भन्ने ठान्न लागेका छौं र मानसिक रुपमा नै हामी पराधीन हुँदैछौं । आधुनिक शिक्षा पढेकाहरुले धार्मिक ग्रन्थहरुको अध्ययन गर्दा निकै सतर्कता अपनाउनु पर्ने हुन्छ । आधुनिक पुस्तकहरु जस्तो गरी विषयवस्तुहरु, सिलसिलेवार ढंगमा ती ग्रन्थहरु लेखिएका हुँदैनन् । तसर्थ यस्ता ग्रन्थहरु गुरुको सहयोगबाट मात्र बुझ्न सहज हुन्छन् । पुस्तक लेखनको प्रसंग, विषयवस्तु, रचना–काल, भूस्थिति, राजनीतिक, ऐतिहासिक परिवशेको पनि ख्याल राखिएमा मात्र यस्ता ग्रन्थहरलाई समग्रमा फलदायी रुपमा बुझ्न सम्भव हुन्छ ।
आउनुस् केही हाम्रा प्राचीन हिन्दू धर्मग्रन्थहरुसँग चिनजान गरौं र विश्वका विभिन्न महान् व्यक्तित्वहरु कसरी यी पुस्तकहरुबाट प्रभावित रहेको छन् यसको पनि छोटकरीमा चर्चा गरौं ।
वेदः महर्षि वदेव्यासद्वारा रचित हाम्रा धर्मग्रन्थहरुमध्ये वेद सबैभन्दा पुरानो हो । ऋग्देव, यजुर्वेद र सामवेद मूल वेदन हुन र पछि अथर्ववेदलाई पन वेदको श्रेणीमा समावेश गरी ४ वेद भनिएको हो भनिन्छ ।
वेदहरुमा पुरानो ऋग्वेद हो । कला र साहित्यको दृष्टिकोणबाट यो वेद प्रमुख मानिन्छ । यसमा भएका सबै श्लोकहरु प्रकृतिप्रति भक्ति दर्शाइ प्रार्थनाको रुपमा लेखिएका छन् । प्रकृतिका अदृश्य शक्तिहरुलाई यहाँ ईश्वरको रुपमा मानिएको छ ।
साहित्य र कलाको दृष्टिले ऋग्वेदपछि यर्जुवेदको स्थान आउँछ । पूजापाठ गर्ने समुदायमा कयसलाई विशेष आदर दिइन्छ । त्यसैलेयस वेदलाई पूजारीहरुको हाते पुस्तक (ह्याण्डबूक) भने पनि हुन्छ । यजुजको शाब्दिक अर्थ पनि ‘फर्मूला’ हो । हिन्दु कर्मकाण्ड कहाँ कसरी गर्ने आदि सूत्रको संगालो यर्जुवेदलाई भनिएको छ ।
सामवेदमा ऋग्वेदको संगीतरुपी श्लोकहरु संकलित छन् । यस वेदमा भएका श्लोकहरु प्राय जसो सबै नै ऋग्वेदबाट निकालिएका छन् । अथर्ववेद अन्तिम वेद हो । यसका श्लोृकहरको छैठौं अंश जति र बाँकी भाग गद्यमा लेखिएका छन् । तान्त्रिक मन्त्र, मोहनी बोक्सी–विद्या, ज्ञान–विज्ञान जस्ता वदैनिक उपभोगमा आउने व्यावहारिक ज्ञानहरु अथर्ववदेमा उल्लेखित छन् । विवाह, व्रतवन्ध , हादसंस्कार, घर सानेए कार्य, राजा छनौट कार्य आदि अवसरमा गरिने सांस्कृतिक प्रार्थनाहरु यसमा समावेश छन् ।
व्राम्हण एवं संहिताः यी दुई थरीका पुस्तकलाई वेदपछिको पवित्र ग्रन्थ मानिन्छ । ‘व्राम्हण’ मा विभिन्न किसिमको कर्मकाण्डहरुको औचित्य झल्काइएको छ र कुन संस्कार, कस्ता बलिदान कहाँ कसरी गर्ने भन्ने व्राम्हणमा बताइएको छ । ‘संहिता’ मा दैनिक सदाचार, आचारहरुको बेलिविस्तार गरिएको पाइन्छ ।
पुराणः व्यास ऋषिलाई पुराणको रचयिता मानिन्छ र पुराणको अर्थ पौराणिक कथा हो र पुराणको कुल संख्या १८ छन् । पुराणहरुको महत्व भनेको यसका कलात्मकता र साहित्यकता हो । यसका कथाहरु अति काल्पनिक भएको पाइन्छन् । वेदमा उल्लेख भएका देवताहरुलाई दिएर यसमा कथा वर्णन गरिएका छन् । त्यसैले साहित्यप्रेमीहरुलाई विशेषत यी पुराणहरु मन पर्न सक्दछ ।
उपनिषद्ः विभिन्न कालमा विभिन्न स्थानमा, विभिन्न ऋणिले विभिन्न उपनिषद् रचेका हुन् । दर्शन नै उपनिषद्को मूल विषयवस्तु हो । यसमा विभिन्न रोचक, साहित्यिक, तार्किक संवादहरु पाइन्छन् । विश्वलाई हिन्दू धर्मको सबैभन्दा ठूलो उपहार नै उपनिषद् हो भनिन्छ । पश्चिमेली भनिएको सम्पूर्णजसो दर्शनहरु उपनिषद्मा पाइन्छन् ।त्यसैले उपनिषद्लाई सम्पूर्ण दर्शनको मूल दर्शन भनेमा पनि अत्युक्ति नहोला । जम्मा १०८ वटा उपनिषद्हरु छन् भनिन्छ र हालसम्म ५० उपनिषद्हरु मात्र फेला पारी सं)कलन गरिउका छन् । इशाउपनिषद् , केनोउपनिषद्, कथाउपनिषद्, प्रश्नोपनिषद, मुडकोपनिषद, तैत्रीयोपनिषद, वृहदारण्यको उपनिषद्, श्वेतश्तोपनिषद्, आदि प्रमुख उपनिषद्हरु हुन् ।
व्रम्हसूत्रः उपनिषद्को अर्थको संगालोलाई नै व्रम्हसूत्र भनिन्छ । इसापूर्व २०० मा दार्शनिक वादरायनले व्रम्हसूत्र लेखेका हुन । उपनिषद्–शिक्षाको आधारभूत अंग समावेश गरिएको हुँदा व्रम्हसुत्रलाई उपनषद्को डाइजेष्ट(संक्षिप्त संगालो) पनि भनिन्छ । उपनिषद्हरुको सारांश ज्ञान प्राप्त गर्न ‘व्रम्हसुत्र’ मात्र पढे पनि हुन्छ ।
विभिन्न दर्शन समुदायका ग्रन्थहरु उपनिषद् कालपछि दार्शनिक विचारहरुमा व्यापक उथलपुथल हुन थालेपछि विभिन्न दर्शन समुदायहरुको प्रार्दुभाव हुन्छ । यसरी यी समुदायहरुले आ–आफ्ना तत्वज्ञान समावेश गरी अनेक दर्शन विकसित गरे । यीन दर्शनहरु भने पश्चिमेली दर्शनशास्त्रका पुस्तकका ढाँचामा रचिएमा छन् । यसरी जम्मा ६ किसिमका दर्शनहरु मिमांश दर्शन, साख्य दर्र्शन, योग दर्शन, वेदान्त दर्शन, वैशेषिक दर्शन र न्याय दर्शन अस्तित्वमा आएका छन् ।यी दर्शनहरु एक आपसमा कतै मेल खान्छन् भने कतै कतै विरोधाभाषात्मक, विपरितात्मक पनि छन् ।
रामायण र महाभारतः वाल्मिकि ऋषिले रचेका रामायण प्रत्येक हिन्दुको मनमा नै लेखिएको हुनाले यहाँ अरु थप्नुपर्ने आवश्यकता देखिंदैन । कथावस्तुमा साधारण भिन्नता पारी जम्मा तीन किसिमका रामण लेखिएका छन् । ती हुन् – वाल्मिकि रामायण, तुलसीदास रामायण र कम्भन रामायण । महाभारतको रचना व्यास ऋषिले गरेको हुन् । यसमा कौरव र पाण्डवहरुमाझ कुरुक्षेत्रको लडाईं, लडाईं गर्नुपर्ने कारण आदिको विस्तृत वर्णन गरिएको छ । भागवत गीता महाभारकै एक अंश हो । महाभारत ग्रन्थलाई संसारकै सबैभन्दा वृहत पुस्तक मानिन्छ ।
भागवत गीताः भगवान् श्रीकृष्णले अर्जुनलाई महाभारतको लडाईं हुँदाका बखत युद्ध गर्नु उचित हो भन्ने दार्शनिक उपदेशहरुको महाभारत ग्रन्थको अंशलाई भागवत गीता भनिन्छ । गीतामा जम्मा १८ अध्याय छन् । हिन्दुहरुमाझ मात्र नभै विश्वलाई नै यो तत्वज्ञानसम्बन्धी महत्वपूर्ण पुस्तक ठहरिएको छ । विश्वका प्राय सम्पूर्ण प्रमुख भाषमा गीताको रुपान्तरण भएको रसम्भवत बाइबलपछि गीताको नै सबैभन्दा बढी संस्करण प्रकाशित भएको हुुनुपर्छ । प्रत्येक चेतनशील व्यक्तिले गीता पढ्नुमा गर्व गर्छन ।
मनु धर्मशास्त्रः यो ग्रन्थ‘बवस्वत मुने नाम गरेका ऋषिले रचेका हुन् र हिन्ुहरुले अंगाल्नु पर्ने नैतिक, धार्मिक, सामाजिक र साधारण जनजीवनका जरुरी नियमहरुको निर्देशन यस पुस्तकमा उल्लेख छन् । मनुमा लेखिएको छ – संसारका विद्वानहरुबाट ज्ञान आर्जन गरिरहने छन् । मनुले भनेको कुरा अमृत हो । समाजशास्त्र सम्बन्धी यो प्रथम सबैभन्दा मौलिक ग्रन्थ हो भनिन्छ ।
माथि उल्लेखित प्रमुख ग्रन्थहरुबाहेक पनि अन्य धर्म ग्रन्थहरु छन् तर तिनीहरु उपयुक्त पुस्तकहरुभन्दा उत्कृष्ट भने छैनन् । एकजना हिन्दुले आफ्नो आध्यात्मिक कर्तव्यपालन गर्दा माथिका ग्रन्थहरुको मात्र सामान्य अध्ययन गरे पनि निश्चय नै उपलब्धिमुलक हुनेछ ।
विश्वका महान् व्यक्तिहरुले पनि हाम्रा ग्रन्थहरुप्रति प्रशंसाका उदगार व्यक्त गरेको छन्। वेद नै पश्चिमाजगतको लागि पूर्वीय जगत्को सबैभन्दा ठूलो उपहार हो भनेर भोल्टेयरले भनेका छन् भने निराशावादी विश्व प्रसिद्ध दार्शनिक सोपन्हरले, मैले उपनिषद् पढेपछि मात्र जीवनमा ढाडसको अनुभव गरें भनेका छन् । यस्ते गरी महात्मा गान्धीले भनेका छन् ‘धार्मिक ग्रन्थहरु पढ्नु, आफ्नो धर्मको बारेमा जान्नु प्रत्येक मानवको आध्यात्मक कर्तव्य हो । अरुको धर्म ग्रन्थहरुको अध्ययन गर्नु अत्ति उत्तम हुन्छ , यसलेृ विश्वमा सम्पूर्ण मानिसहरुप्रतिको सहानुभूतिमा अभिवृद्धि गराई भातृत्वको भावना बढ्न जान्छ । एउटा विदेशी चाहे भारतको गाउँ गाउँ कुनाकुनामा पुगोस तर यदि उसले रामायण र महाभारत पढेको छैन भने कहिल्यै पन िभारतीय (हिन्दु) समाजलाई बुझ्न सक्ने छैन भारतीय विद्वान राजनीतिज्ञ राजागोपालचार्यले भनेका छन् , जर्मनीका विद्वान मैक्सुमुलरले सम्पूर्ण जीवन हिन्दूधर्म ग्रन्थहरु अध्ययन गर्नमा लगाए र ‘सेक्रेड बुक्स अफ इष्ट’ भन्ने श्रङखलामा पहिलोपटक पूर्वीय हिन्दू धर्म ग्रन्थहरुको अंग्रेजीमा रुपान्तरण गरे । हामी आफ्नो सम्पत्तिलाई विदेशीले देखाईदिएपछि मात्र मूल्यवान ठान्ने भएका छौं । आध्यात्मिक कर्तव्यपालन गर्ने सिलसिलामा अन्य धर्मको धर्मग्रन्थहरुको पनि अध्ययन गर्ने इच्छा जाग्नु स्वाभाविक हो र त्यसैले विश्वका प्रमुख धर्महरुको पनि ‘संक्षिप्त जानकारी तल प्रस्तुत गरिएको छ । स्मरणयोग्य के देखिन्छ भने विश्वका सम्पूर्ण ग्रन्थहरुको पार्दुभाव एसियाबाटै भएको छ ।
विश्वमा प्रचलित यी धर्महरुका यस्तै यी धर्म प्रादुर्भाव धर्म प्रवर्तकहरु यी धर्मका पवित्र
मुख्य धर्महरुमा पवित्र ग्रन्थहरु भएका मुलुकहरु धर्मपर्वतक पूजास्थलहिन्दूधर्म गीता भारतवर्ष अनेकौं ऋषिमुनिहरु मन्दिर
जैनधर्म जैन ग्रन्थमाला भारत महाविर मन्दिर
बुद्ध धर्म धम्मपद भारत शाक्यमुनि सिद्धार्थ गुम्बाविहार
शिख धर्म आदि ग्रन्थ भारत गुरु नानक गुरुद्वारा
इसाइ धर्म बाइबल इजरायल जिसस क्राइष्ट चर्च (गिरिजाघर)
इस्लाम धर्म कुरान सउदी अरेयिबा मोहम्मद मस्जिद
यहुदी धर्म पुरानो वाइवल इजरायल मोजेज सिनागग
बहाई धर्म किताव–द–अक्दास इरान वहाउल्लाह उपासना गृह
तावधर्म ताव–तेह–किङ चीन लावत्से
कन्फुसियस धर्म लुन यू चीन कन्फ्युसियस
पारसी धर्म जेन अवेष्ता ईरान (पर्सिया) जोरोथुष्त्र
अन्त्यमा, ऋग्वेदबाट निम्न वाक्य उल्लेख गर्न मनासिव नै होलाः असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय, मुत्युर्मा अमृतगमय