मेरो व्यत्तिगत व्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ । मेरो व्लगमा रहेका सामाग्री के कस्ता लाग्छन, कृपया आफ्नो सुझाव सामाग्रीको अन्त्यमा रहेको कमेन्ट बक्स वा मेरो इमेल आइडीमा सुझाव दिनुहोला । धन्यबाद ।

म प्रधानमन्त्री भएको भए... (भीम उपाध्यायसंगको पत्रिका संवाद)

-gofklqsf b}lgsdf kmfu'g ! ut], @)^% ;fn ljlxjf/ k|sflzt _

'तपाईं प्रधानमन्त्री भएको भए के गर्नुहुन्थ्यो ? यस्तो प्रश्नले एकचोटि   झसङ्ग भएँ  साँच्चि के गर्थें होला ? गफमा एकदम चम्फु पूर्ण राजनैतिक प्राणी भएको भए भटाभट भन्दिहाल्थँ होला, 'फलानो-फलानो गरेर 'हुम फट स्वाहागर्दै यो देशको मुहार यति वर्षमहिना  दिनमा फेरिदिन्छु तरआफू परे इन्जिनियर  प्राविधिक प्राणी  एक प्रकारले  अक्क  बक्क भएको थिएँ 
'सरहामी एकदम रिल्याक्स्ड (सहजभएर कुरा गरूँ  '

सहजता  होलोसित कुरा गर्नका लागि चिया पूर्वाधार (इन्फ्रास्ट्रक्चरहुन सक्छ 
'चिया खाऊँ हैभाइ '
'हुन्छमलाई कालो भन्दिनुहोला '

***

'आफ्ना बारेमा केही बताउनुस्  '
सोह्र सालको जन्म हो मेरो  गुल्मी जिल्लाको मरभुङ जन्मथलो  तर हुर्केबढेँ भैरहवामा  त्यहीँ पढेँ  बत्तीस सालमा भैरहवा हाई स्कुलबाट एसएलसी पास गरेँ  राम्रो विद्यार्थी थिएँअनुशासित  पढन्ते  बाल्यकाल सामान्य रह्यो  घरको आर्थिक अवस्था पनि सामान्य थियो खिरैखिर चौलानीको हाहाकार  राम्रो पढ्ने भएकाले दस कक्षासम्मै छात्रवृत्तिमा पढेँ  एसएलसीपछि लागियो काठमान्डूतिर  पुल्चोक क्याम्पसमा भर्ना भएँ  यहाँ युएनडिपीको छात्रवृत्ति पाएँ  सिभिल इन्जिनियरिङमा दुईवर्षे प्रवीणता प्रमाणपत्र तह पूरा गरेर ओभरसियर भएँ 

ओभरसियर हुनासाथ भैरहवा लुम्बिनी भूमिगत जलपरियोजनामा जागिर पाइहालेँ  त्यतिवेला  जागिर पाउनु त्यति गाह्रो थिएन  अहिले  मान्छेको शैक्षिक प्रमाणपत्र खुइलिन्छउसको तालु खुइलिन्छ  पनि जागिर पाउन मुस्किल हुन्छ  कति  आजीवन बेरोजगार  रहन्छन् होलान्  साँढे तीन वर्ष काम गरेँ त्यहाँ 


२०३९ सालमा फेरि युएनडिपीबाट छात्रवृत्ति पाएर भारतको रुड्की विश्वविद्यालयमा बिई (इन्जिनियरिङमा स्नातकपढ्न गएँ  कर्णाली जलविद्युत् आयोजनाका लागि पाँच वर्षमा दुई सय पचास इन्जिनियर तयार गर्ने योजना थियो युएनडिपीको  रुड्की विश्वविद्यालय हरिद्वारनजिकै पर्छ  २०४३ सालमा सिभिल इन्जिनियरिङमा बिई गर्नासाथ नेपाल विद्युत् प्राधिकरणमा अस्थायी इन्जिनियरका रूपमा जागिर पाइहालेँ  २०४५ सालमा स्थानीय विकास मन्त्रालयमा स्थायी इन्जिनियरका रूपमा नियुक्त भएँ 

२०४६ साल मंसिरमा ललितपुरकी ललिता उपाध्यायसँग मेरो बिहे भयो  जनआन्दोलनको समय थियो त्यो  पञ्चायतको ब्यान्ड बजाउँदै थिए दलहरू  भैरहवाबाट जन्ती लिएर  काठमाडौं आइरहेको थिएँबिहेको ब्यान्ड बाजासहित  छोरी स्नेहाछोरा सत्यार्थ  श्रीमती ललितासँग सुखशान्तिपूर्वक गुडिरहेछ मेरो गृहस्थीको रथ 

***

'तपाईंका लेखहरूमा यौटै गुनासो हुन्छनेताहरूले प्रविधिको महत्त्व नै बुझेनन्सरकारले विज्ञान  प्रविधिको विकासमा सिन्कै भाँचेन  प्रविधिको किन यतिविधि वकालत गर्नुभएको ?'
हो लेखहरूमार्फत् वकालत गर्छु प्रविधिको  गरिरहनेछु  प्राविधिक भएका कारणले मात्रै होइन  नागरिकका रूपमा यो मेरो कर्तव्य पनि हो भन्ने लाग्छ  हामी प्राविधिकहरूको समस्या भनेको केवल फस्र्ट क्लास रिपोर्ट लेख्नेथेसिस लेख्ने  त्यो पनि आफ्नो क्षेत्रभित्रका मानिसले मात्रै बुझ्ने भाषामा  जनसाधारणले बुझ्ने भाषामा हामी सञ्चार गर्न सक्दैनौँ  आइन्स्टाइनसँग सरल भाषामा बोल्ने  लेख्ने सीप भएकाले नै उनको सापेक्षताको सिद्धान्त धेरै मानिसले बुझेका हुन् 

मैले प्रविधिमा धेरै जोड दिनेगर्छुकिनभने प्रविधिले मान्छेको भौतिक दुःख घटाइदिन्छ  क्षमता बढाइदिन्छ  मानवजीवनलाई सुखी  समृद्ध बनाउँछ यसले  मान्छेले सिकेको पहिलो महत्त्वपूर्ण प्रविधि आगो हो  आगोको आविस्कारपछि जीवन सरल भयो  नयाँनयाँ सम्भावनाहरू जन्मिए  होप्रविधिको कामै यही हो 

'राजनीतिविना प्रविधि एक्लैले केही गर्न सक्छ  ?'
यो प्रश्न नयाँ होइन  राजनीति माटो हो भने प्रविधि बिरुवा  माटो खराब भयो भने बिरुवा हुर्कन्न  माटोलाई सपार्नठीक गर्न  अनुकूल बनाउन सकिन्छ  हाम्रो देशमा प्राविधिक गधाजस्तै काम गर्छएकदमै आज्ञाकारी भएर  राजनीतिज्ञसँग  कुनै पनि प्रकारको द्वन्द्व गर्दैन  द्वन्द्वविना विकास कसरी हुन्छ ? प्रविधि नफस्टाउनुको धेरै कारणहरूमध्ये यो पनि एक हो 

'केही विकासशास्त्रीहरू नेपालका पहाडकन्दराखोँचहरू नै विकासका प्रमुख बाधा हुन् भन्छन् नि ?
'नेपालमा क्या भौगोलिक विविधता यारभनेर नाक फुलाउनुबाहेक  प्रकृतिका कविता लेख्नुबाहेक यिनको कुनै उपयोगिता छैन भन्ने गरेको पनि सुनिन्छ '

यो कुरामा  सहमत छैनएक रौँ पनि  भूगोल कसरी बाधा हुन्छ ?
भूगोल  स्रोत हो  सय वर्षअघि अरब देशहरू के थिए ? आज के छन् ? गाँठी कुरो हो प्रविधि  उनीहरूले पेट्रोल निकाल्ने प्रविधिलाई उधुमै महत्त्व दिए  परिणामआज उनीहरू कति सम्पन्न छन्  उपनिषद्मा यौटा श्लोक -
अमन्त्रम् अक्षरम् नास्तिनास्ति मूलम् अनौषधम् अयोग्यो पुरुषो नास्तियोजकः तत्र दुर्लभः 

मन्त्र नहुने कुनै अक्षर हुँदैनऔषधी नहुने कुनै जरो हुँदैन  कुनै पनि मानिस अयोग्य हुँदैन  योजक अर्थात् संयोजक अर्थात् व्यवस्थापक मात्रै दुर्लभ हुन्छ  नेपालमा सबथोक   प्राकृतिक स्रोतजनशक्तिसम्भावनासबथोक  केवल कुशल व्यवस्थापक छैनन्  व्यवस्थापन असाध्यै महत्त्वपूर्ण कुरो हो  यो प्रविधिअन्तर्गतै पर्छ 

'इन्जिनियरको आँखाबाट काठमान्डू कस्तो देखिन्छ ?'
जसको आँखाबाट हेरे पनि काठमान्डू भद्रगोल सहर हो  विनाकुनै गुरुयोजना उधुमसँग भएको यो सहरीकरणले यसलाई सिमेन्टको भद्दा जंगल मात्रै बनाएको  
'इन्जिनियरका रूपमा गर्व गर्न लायक केके बनाउनुभो ?'
आफू संलग्न सानोभन्दा सानो निर्माण पनि इन्जिनियरलाई पि्रय हुन्छ  तैपनिमलाई आफू संलग्न पर्वत जिल्लाको दोबिल्लादेखि फलेबाससम्मको १५ किलोमिटर लामो कृषि सडकले त्यहाँको जनजीवनमा ल्याएको अभूतपूर्व परिवर्तन देखेर औधि खुसी लाग्छ  यस्तैमहाकाली नदीपारिका चाँदनी  दोधारा गाउँ जोड्ने १४ सय ५२ मिटर लामो झोलुंगेपुलको निर्माणमा पनि संलग्न थिएँ   सायदयो एसियाकै दोस्रो लामो 'मान्छे हिँड्ने झोलुंगेपुलहो 
***
 प्रधानमन्त्री भएको भए...
'तपाईं प्रधानमन्त्री भएको भए के गर्नुहुन्थ्यो ?'
विश्वमा धेरै प्राविधिकहरू राष्ट्रप्रमुख भएका छन्  चीनमा राष्ट्रपतिउपराष्ट्रपतिलगायत सरकारका मुख्य पदमा प्राविधिकहरू नै छन्  राष्ट्रपति हु जिन्ता  जलसंरक्षण इन्जिनियर हुन् भने उपराष्ट्रपति जेङ क्विङहङ मेकानिकल इन्जिनियर हुन्  भारतमा पूर्वराष्ट्रपति अब्दुल कलाम उडड्यन इन्जिनियर हुन्  (उनी मेरा आदर्श हुन् जवाहरलाल नेहरू रसायन विज्ञानका स्नातक हुन्  पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टर परमाणु इन्जिनियर हुन् भने प्यालेस्टाइनी पूर्वनेता यासिर अराफत  हाल इरानी राष्ट्रपति अहमदिनेजाद सिभिल इन्जिनियर हुन्  प्राविधिकहरू राष्ट्रप्रमुख भएका उदाहरणहरू कत्ति छन् कत्ति  तर आफैं प्रधानमन्त्री भएको भएचाहिँ यसो गर्थें होला-

प्रधानमन्त्री भएको पहिलो दिन
पहिलो दिन  जनतालाई सम्बोधन गर्थें  परम्परागत प्रधानमन्त्रीहरूभन्दा मेरो सम्बोधन दुई अर्थमा फरक हुन्थ्यो  पहिलो सपना बाँड्ने काम गर्ने थिइनँ  पपुलिस्ट (लोकप्रियतावादीहोइनकंक्रिट (यथार्थपरककुरा गर्थें 
यो गर्न सक्छुयो गर्न सक्दिनँ पनि भन्थेँ  दोस्रोमेरो सम्बोधन लामो हुन्थेनबढीमा दस मिनेट  सम्बोधनमा  विश्वभरि छरिएरका नेपाली प्राविधिक तथा वैज्ञानिकहरूलाई नेपाल फर्किन आह्वान गर्थें 

पहिलो हप्ता
सरकार गठन गरेर विशेषज्ञहरूलाई मन्त्री बनाउँथेँ  सो सम्भव नभए सहायक  राज्यमन्त्री  सम्बन्धित विशेषज्ञलाई बनाउँथेँबनाउँथँ  मन्त्रीहरूलाई एकदम शक्तिसम्पन्न बनाउँथेँ  मन्त्रीहरू आफ्ना मन्त्रालयसँग सम्बन्धित विषय  क्षेत्रका विज्ञ हुने भएकाले कर्मचारीतन्त्रले उनीहरूलाई 'घुमाउनसक्ने स्थिति हुने थिएन 

मन्त्रीहरूको नेतृत्वमा विभिन्न समूहहरू बनाएर जनताका आवश्यकता  समस्याहरू पहिचान गर्न पचहत्तरै जिल्ला पठाउँथेँ  जनताको वास्तविक स्थितिको यथार्थ जानकारी पाउन उनीहरूको आँगन-करेसो पुग्नै पर्छ 
(डा.बाबुराम भट्टराई महिनाको एकचोटि गोर्खा जानुहुन्छ  यो एकदमै राम्रो कुरा लाग्छ मलाई ) प्रत्येक जिल्लाको कुल गार्हस्थ उत्पादनगरिबीसमस्याकृषिरोजगारीसामाजिक तथा सांस्कृतिक पक्ष आदिका बारेमा जानकारी संकलन गर्न लगाउँथेँ 

तीन महिनाभित्र
मन्त्रीसहितको विशेषज्ञहरूको टोलीले दुई महिनाभित्र आवश्यकता पहिचानका लागि तथ्य/तथ्यांक संकलन गरिसक्छन्  यी सबै रिपोर्टहरूलाई मिलाएर यौटा 'राष्ट्रिय आवश्यकता पहिचान दस्तावेजबनाउँथेँ  अनिजनतासित यी-यी तपाईंहरूका आवश्यकता हुन् कि होइनन् भनेर सार्वजनिक छलफल गर्थें  त्यसपछि सम्बन्धित विज्ञहरूद्वारा त्यही दस्तावेजका आधारमा प्रारम्भिक योजना बनाउने काम गर्थें  अब ती योजनाहरूको कार्यान्वयनका लागि पैसा चाहियो  ठूला  जटिल योजनाका लागि वैदेशिक ऋण तथा अनुदान अपरिहार्य   आफ्नै देशको स्रोतसाधनले भ्याउने योजनाहरू फटाफट कार्यान्वयन गरिहाल्थेँ 
विदेशी लगानी भित्र्याउनका लागि देशमा सुशासनशान्ति  स्थिरता हुनुपर्छ  तीन महिनाभित्र यी सब प्राप्त गर्न सकिने  होइनन्तर  कोसिस गर्नचाहिँ कुनै कसर बाँकी राख्ने छैन 

पहिलो वर्षभित्र
एक वर्षभित्र संगठन स्थापित हुनेछ  प्राथमिकताको पञ्चशीलमुताविक काम गर्नेछु   युवा केन्दि्रत शिक्षामहिला केन्दि्रत परिवारज्ञान केन्दि्रत समाजऐश्वर्य केन्दि्रत राष्ट्र  अभिनव केन्दि्रत विश्व प्राथमिकताका पञ्चशील हुन्  भ्रष्टाचार निवारण पनि मेरो अभियानअन्तर्गत पर्नेछ  विद्वान् डाएन भित्तलका अनुसार भ्रष्टाचारका पाँच पात्र हुन्छन्नेतालाला (व्यापारी), झोला (गैरसरकारी संस्था), दादा (गुन्डा बाबु (कर्मचारी यिनीहरूको मिलेमतोमा हुन्छ भ्रष्टाचार 
-गभरन्यान्स -विद्युतीय शासनभ्रष्टाचारविरुद्ध राम्रो हतियार हुन सक्छ  किनभने दुईजना मान्छे मिलेपछि  हुने हो भ्रष्टाचार  यदि उनीहरूबीच भौतिक सम्पर्क भएन भने भ्रष्टाचार हुने सम्भावना पनि कम होला कि ?  प्रधानमन्त्री भएको भए विज्ञान  प्रविधिमाथि जोड दिन्थेँ  जसले जे जान्दछत्यही गर्ने हो  देशले भौतिक संमृद्धि हासिल नगरेसम्म जनताको जीवन कायापलट  सुखी हुन सक्दैन  भौतिक संमृद्धिको पहिलो सर्त प्रविधि हो 

तपाईं प्रधानमन्त्री भएको भए नयाँ नेपाल कसरी निर्माण गर्नुहुन्थ्यो ?
'प्रविधिको विकास गरेर '

सेना समायोजन कसरी गर्नुहुन्थ्यो ?
'प्रविधिको विकास गरेर '

ऊर्जा संकटलाई कसरी हटाउनुहुन्थ्यो ?
'प्रविधिको विकास गरेर '

संघीयता कसरी लागू गर्नुहुन्थ्यो ?
'प्रविधिको विकास गरेर '

संगीतकला  साहित्यको कसरी विकास गर्नुहुन्थ्यो ?
'प्रविधिको विकास गरेर '

नेपालका अन्य संकटलाई कसरी निवारण गर्नुहुन्थ्यो ?
'प्रविधिको विकास गरेर '
(भीम उपाध्यायलाई यस प्रकृतिका प्रश्न गर्ने हो भने उत्तर पनि यस्तै पारामा पाउन सकिन्छ भन्ने रमाइलो सोचमा आधारित काल्पनिक कुराकानी)
उल्लेखित विषयमा उपाध्यायका विचार :

नयाँ नेपाल
ज्ञान अर्थतन्त्रको विकास गर्न प्रत्येक जिल्लामा अत्याधुनिक पुस्तकालय,   इन्टरनेट आदिको व्यवस्था गर्थें  स्थानीय जनताका जनजीविकालाई टेवा हुनेगरी विषयगत वेबसाइटहरू सञ्चालन गर्न लगाउँथेँ  स्थानीय जनतालाई पर्यटन व्यवसाय सञ्चालन गर्न आवश्यक प्रशिक्षण वा सुविधाका लागि विनाधितो ऋण पाउने व्यवस्था गर्थें  वैज्ञानिकनेता  किसानको सहकार्यमा कृषि-क्रान्ति  दुग्ध-क्रान्ति सम्पन्न गराउन प्रयत्न गर्थें  गाउँहरूलाई बजार अर्थतन्त्रको बाटोमा हिँडाएर संमृद्ध बनाउँथेँ  सहरको सुविधा  गाउँको प्राकृतिक वातावरण हुने ग्रामीण सहरहरूको विकास गर्थेँ 

सेना समायोजन
सेना समायोजन गर्दा त्यसको व्यावसायिकतामा मात्र बहस गरेर पुग्दैन  सेनाको संख्या कति राख्ने होत्यो दृष्टिकोणबाट हेरिनु बढी महत्त्वपूर्ण   सेनाका विभिन्न पदमा उमेरको संरचना खल्बलिनुहुँदैन  सेनाको औसत उमेर निरन्तर युवा हुनुपर्छ  सेना बूढाहरूको जमघट हुन पुगेमा लडाकू चरित्र विलीन हुन पुग्नेछ  यसबारे स्पष्ट नीति बनाउने थिएँ 

ऊर्जा संकट
तत्काल ऊर्जा संकट कम गर्ने कदम चाल्ने थिएँ  दीर्घकालका लागिबायोडिजेलको स्रोत संजीवन खेती नेपालको सबै स्थानमा गर्न सकिन्छ  त्यस्तै गोबरग्यास  सौर्य ऊर्जाको विकास  विस्तार गरिएमा ऊर्जा संकट यति भयावह हुने छैन 

संघीयता
आर्थिक आधारविनाका प्रान्तीय सरकारहरू दिगो  स्थिर हुन सक्दैनन्  संघीय विभाजनको मूल मापदण्ड आर्थिक क्षमतालाई बनाइनुपर्छ  नेपालको वर्तमान आर्थिक आधार एकात्मक शासनका लागि  पर्याप्त छैन भने अनेक स्वायत्त प्रदेशहरू कसरी आर्थिक रूपमा सक्षम हुने होलान् ? यी गम्भीर विषय हुन् 

संगीतकला  साहित्य
घोर गरिबीमा साहित्यकला  संगीतको सिर्जना एवं जगेर्ना हुँदैन  संगीतकला  साहित्यमा लागेकालाई राज्यले नै आर्थिक सहयोग गरेर कम्तीमा सिर्जना गरेर बाँच्न सकिने अवस्थाको सिर्जना गर्न लागिपर्थें  

संकट विविध
सबै संकटको मूल कारक घोर बेरोजगारी हो  उपयुक्त सीपदक्षता  शिक्षाको खाँचो  आज  नेपालीहरू मिहिनेती छन्तर उद्यमशील छैनन्  उद्यमशीलताविना धनसृष्टि गर्नबन्द-व्यापार गर्नमुनाफा कमाउन  जोखिम लिन सक्ने बनिँदैन  तसर्थ उद्यमशीलताबारे नेपालीलाई पर्याप्त शिक्षा  प्रशिक्षण दिने योजना लागू गर्ने थिएँ  त्यस्तैज्ञान अर्थतन्त्र एक्काईसौं शताब्दीमा धनसृष्टिको मूल इन्जिन हो  ज्ञानलाई धनमा रूपान्तरण गर्ने कार्य-योजनाविना नेपाल सधैं संकटबाट गुजि्ररहनुपर्ने हुन्छ   प्रधानमन्त्री भएको भए यसतर्फ एकदम ध्यान दिने थिएँ 


प्रस्तुतिः विनोदविक्रम केसी
gkcbinodbikram@gmail.com

 


Share:
Copyright © Bhimupadhyaya.com.np| Theme: NewBloggerThemes and Powered by Blogger